काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्वसदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । आचार्य यसअघि नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक थिए । उक्त पदबाट…