बारा । बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन नाकाबाट श्रोत नखुलेको रकम ओसार पसार गर्ने दुई जना १० लाख २० हजार रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जिल्ला बारा, फेटा गाँउपालिका वडा नं. ६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र मोटरसाइकलका अर्का सवार वर्ष २२ को बागर…