काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न नेपाल…