काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखेको जानकारी दिएको हो । साथै कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार…