भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !

स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ । मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच बर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ । जुन उनले हाल रियल म्याड्रिडमा पाइरहेको पारिश्रमिक भन्दा १३ गुणा बढी भएको बताइएको छ…