केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार राति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ…