काठमाडौं । यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए । निरौलाले भने, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ ।…