चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ–६ 

चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो । चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र खन्न र…