वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत (नायब सुब्बा) प्रमोद निरौला १५ हजार घुससहित नियन्त्रणमा लिएको छ। आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो। आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ…