सहकारी क्षेत्रमा देखिएका समस्या उजागरमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

काठमाडौँ । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान-सम्पादक, सम्पादक र सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले समस्याग्रस्त सहकारीका विषयमा खोजी समाचार आउनुपर्नेमा जोड दिए । समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म सञ्चारमाध्यमले…