उपल्लो डोल्पामा हिउँमा फसेका ५ जना प्रहरीकाे हेलिकप्टरबाट उद्धार

काठमाडौं । उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज डोल्पोबुद्ध गाउँपालिकाको धोबाट देवदत्त पाण्डे, मणिराज जोशी, जनकबहादुर कार्की, नवराज भट्ट र नरेन्द्र भट्टको उद्धार गरिएको हो । उद्धार गरिएका पाँचै जना प्रहरी शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बाको अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक…