काठमाडौं । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिएका छन् । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका हुन् । केन्टले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।…