काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार भारतको वापीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो । नेपालका लागि कप्तान रोहितले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्बाधिक ७४ रन बनाए ।…