गिरीबन्धु टि-इस्टेटका सञ्चालकले भने– जग्गा हाम्रो निजी हो

झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि-इस्टेटका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि-इस्टेटकाे जग्गा राज्यको सम्पत्ति नभएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि-इस्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् । उनले गिरीबन्धु टि-इस्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको…