लेखापरीक्षण समूहका १५ जना उपसचिवमा बढुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन्…