काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आउँदो महिना नेपालमा हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्विट्जरल्यान्ड परामर्श संयन्त्रको बेर्नमा भएको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले लगानी गर्न आह्वान गर्नुभएको जेनेभामा रहेको नेपालको दूतावासले जनाएको…