अब कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्छ: रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको दाबी गरेका छन । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो बताएका हुन । आज (शनिबार) ढुवानी व्यवसायी महासङ्घ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा…