काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो । बलात्कार अभियोगमा दोषी प्रमाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका…