सुहाङको र्‍यालीसँग झलनाथको जम्काभेट

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको मनोनयन दर्ता सकेर पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार जितबहादुर राईसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिदै थिए । दिउँसो साढे एक बजे कलम चिह्न अंकित झण्डा लिएर बसेका एकीकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन कार्यालय बाहिर नै खनाल र उम्मेदवार राईलाई पर्खिरहेका रहेका थिए…