लन्डन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो । लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो । लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए । जितसँगै लिभरपुलले…