काठमाडौं । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हुने अवतरण उडान रद्द भएको छ । आइतबार विमानस्थलमा भिजिबिलिटी कम भएपछि सबै अवतरण उडान रद्द गरिएको विमानस्थलमाका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अधिकारीका अनुसार विराटनगरबाट आज एउटामात्र उडान भएको छ । अन्य कुनै पनि जहाज अवतरण हुन सकेकाे छैन् ।