पोखरा । पोखरामा ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्वतकाे कुश्माका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री…