नेपालमा लगानी गर्न विश्व सरकार शिखर सम्मेलनमा अध्यक्ष ढकालकाे आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । यूएईकाे दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वर्ल्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरूलाई यसबाट लाभ लिन आग्रह गरेका…