काठमाडौं । जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३-२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो । २-१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो । जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार…