बारा । करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन् । शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी छन् । प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई…