बंगलादेशकाे विवादित निर्वाचनबाट अवामी लीगलाई तीन चौथाई सीट प्राप्त

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् । निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदारले भने, “अवामी लीग पार्टीले आइतबार सम्पन्न निर्बाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।” बिजयी भएका सांसद्मध्ये अधिकांश…