मागबमोजिम निर्णय हुँदै छ, आन्दोलन नगर्नू : श्रम मन्त्रालय

काठमाडौँ । ईपीएस कोरिया अन्तर्गत पानी जहाज निर्माण क्षेत्र (सिपबिल्डिङ) तर्फ आवेदन दिएकाहरूले पनि उत्पादनमूलक क्षेत्रको आवेदन दिन सक्ने गरी निर्णयको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आज एक विज्ञप्तिमार्फत मन्त्रालयले अहिलेलाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ । "यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई मागबमोजिम…