काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका…