आइभरिकोष्ट अफ्रिकन कपको क्वाटरफाइनलमा

सेनेगल अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराति सम्पन्न राउण्ड १६ अन्तरगतको खेलमा आइभरी कोष्टले पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा रोकिएपछि दुवै देश ३० मिनेटको अतिरिक्त समय खेलेका थिए । ९० मिनेटको खेलमा सेनेगलका लागि हबिब दियाल्लो र आइभरी कोष्टका कागी फ्रयांक कस्सिएले…