इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु

गाजा । इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।  गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ हजार ५०० महिला रहेका छन्…