भादगाउँ (भक्तपुर) । मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ…