पशुपतिमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिँदै

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फागुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा छ । विसं १८३१ मा जंगबहादुर राणाका जेठा छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी…