काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर नजान अनुरोध गरेको छ । पशुपतिनाथ मन्दिरलगायतका भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले शनिबार…