सोलुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार बुधबार बिहान भएको घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् । दुर्घटना हुँदा हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको…