अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छौँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागनम सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए ।…