बजारमा हरियो तरकारीको मूल्यमा अचाक्ली वृद्धि

काठमाडौं । बिचौलिया हाबी हुँदा अहिले अधिकांश हरियो तरकारीको मूल्य बढेको छ । किसानले तरकारीको वास्तविक मूल्य नपाउने तर बिचौलियाले मूल्य वृद्धि गर्दा उपभोक्ता सँधै मारमा पर्ने गरेका छन् । तरकारी महँगो भएपछि उपभोक्तालाई भान्सा धान्नै समस्या परेको छ । हरियो तरकारी किन्न नसक्ने अवस्था आएपछि गुन्द्रुक तथा सोयाबिन खान बाध्य भएको गुनासो उपभोक्ताको छ…