महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रम सुरु गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उक्त कार्यक्रम शुरु भएको हो । मंगलबारदेखि सुरु भएको हिरासतमा पुस्तकालय कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरे । प्रदेश…