विपिनलाई छुटाउन परराष्ट्रमन्त्रीले गरे कतारसँग आग्रह

काठमाडौं । हमासले बन्दी बनाएका विपिन जोशीलाई छुटाउनको लागि परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । २१ औं दोहा फोरममा सहभागी हुन त्यहाँ पुगेका मन्त्री साउदले हिजो कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीलाई भेटेर विपिनलाई छुटाउनको लागि पहल गरिदिन आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा साउदले विपिनलाई छिटोभन्दा छिटो…