काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको बताएका छन् । यद्यपि समस्यामुक्त भने भइनसकेको उनकाे भनाइ छ । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’ मन्त्री महतले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको…