धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आज तत्कालित नगरप्रमुख विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ढुंगा, गिटीको ठेक्का लगाउँदा आर्थिक अनियमितता भएको ठहर गर्दै…