ई-कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले अमेरिका भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वासिङ्टनमा भेट गरेपछि सो घोषणा गर्नुभएको हो । भारतीय प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको जनाएको छ । साथै भारतमा…