समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित

काठमाडौँ । मधेश प्रदेश सभामा रिक्त रहेको जनता समाजवादी पार्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य रहेकी विन्दुकुमारी यादवको निधन भएपछि उक्त पद रिक्त थियो । समानुपातिक सांसद विन्दुकुमारीको गत भदौमा…