निर्माण व्यवसायीको लापरबाहीले विद्यालय जोखिममा

गुल्मी । निर्माण व्यवसायीले सडक निर्माणको काम अलपत्र पार्दा विद्यालय जोखिममा परेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर १ मा रहेको हिमालय माध्यमिक विद्यालय सडक बिस्तारको क्रममा समयमै संरचना निर्माण नगर्दा जोखिममा परेको हो । रातचौर, ताल्तुङ्ग, उजुङ्गधारा, हर्पुकोट, नयाँ पोखरा, इस्मा मैदान सडक अन्तर्गत हिमालय माध्यमिक विद्यालयको आडैमा सडक बिस्तारको क्रममा लगाउनुपर्ने पर्खाल…