भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा…