रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ । काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बिहान ७ः२० बजे लागेको आगो ८:१५ बजे नियन्त्रणमा आएको इलाका…