आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति अरुण जेट्ली रंगशालामा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । जितसँगै गुजरातले प्रतियोगितामा खाता खोलेको छ । दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ…