काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्। त्रिवि इतिहास विभाग प्रमुख रहेका झापाका भट्टराईलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्। गत साउन २३ गते बसेको अध्यक्ष सिफारिस समिति बैठकले साउन २६ भित्र सेवा आयोग अध्यक्ष पदमा इच्छुकहरूबाट आवेदन माग गरेको थियो। कम्तीमा सहप्राध्यापक पदमा…