बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा हुन्छः प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढीपहिरो पीडितलाई सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने देउवाले बताएका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले सो कुरा बताएका हुन् । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा…