संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए । काग्रेसको केन्द्रिय…