रियाद । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, साडियो माने र रियाद महरेजको गोलमा अल नासरले साउदी प्रो लिगमा अल–शबाबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । केएसयू फुटबल फिल्ड रियादमा गएराति भएको खेलमा रोनाल्डोले २ वटा पेनाल्टी गोल गर्दा माने र महरेजले १–१ थपे । रोनाल्डोले खेलको १३ औं र ३८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका…